बागलुङ-दमेक–८ कि किसान टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीको रुपमा फेरिएको छ । पाँच वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेको छ ।
हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको परिवारमा नसोचेको परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
“मुख्य पेसा बाख्रापालन हो, राँगो, कुखुरा पनि छ”–टुल्कीले भनिन् । “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेकी छु, आम्दानी राम्रो छ ।” उहाँका अनुसार पशुपालन र कृषिबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेका छन् । सहयोगी व्यवसायको रुपमा मौरीपालन पनि गर्दै आएको उनले भनिन् ।
खरले छाएको सानो घर, थोरै जग्गा–जमिन भएर पनि टुल्की र उहाँको परिवार मेहनत र परिश्रमबाट टिकेको छिमेकीहरु बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुप¥यो”–टुल्कीले भनिन् । , “घरपरिवारले हामीलाई अलग्गै छुट्टयाए, ठूलो दुःख, पीडा झेल्यौँ ।”
उनलाई पति भैरवप्रसाद सापकोटा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुग्नु भएको थियो । तर विदेशमा टिक्न नसकेपछि घरमै फर्केर मजदुरी गर्दै परिवार धानेको भैरवप्रसादले बताए ।
“श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्न, हलो जोत्न जान्थें”–भैरवप्रसादले भने । , “बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन् समस्या थियो ।” पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले आफ्नो परिवारको नै मुहार फेर्नुभएको हो ।
व्यवसायलाई उहाँका पति भैरवप्रसादले पनि पूर्ण रुपमा सघाउँदै आउनुभएको छ । घरमा रहेका पाँच छोरीहरु पनि परिश्रमी छन् । “छोरीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ”–टुल्कीले भनिन् । । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत पनि छ । अहिले उहाँकोमा ३० वटा बाख्रा छन् । जसमध्ये आठ वटा ब्याउने छन् ।
हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्की जस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए ।
रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij