
माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् ।
मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो । दिगो विकास समितिको हलमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे ।
उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij