२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कला क्षेत्रमार्फत याेगदान पुर्याउने पत्रकारहरुलाइ सेफाेजले गर्यो पुुरष्कृत

कला क्षेत्रमार्फत याेगदान पुर्याउने पत्रकारहरुलाइ सेफाेजले गर्यो पुुरष्कृत

काठमाडौं । नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले २ जना कला क्षेत्रको माध्यमबाट समाजमा विशिष्ट योगदान पुर्याउने पत्रकारहरुलाइ सम्मानित गरेको छ ।

सोफाजले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रम बीच नारायण बहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरष्कारबाट नारायण ढुङ्गाना र लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरष्कारबाट शुशिला तामाङलाई पुरष्कृत गरेको हो ।

यसैगरी सोफाजले जयदेव भट्टराईलाई सम्मानित समेत गरेको छ ।

पुरष्कार वितरणसँगै प्रदान गरिएको प्रमाणपत्रमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा र सोफाजका अध्यक्ष केशवराज खनालको हस्ताक्षर रहेको छ ।

कार्यक्रममा हस्तकला अन्तरगत विभिन्न विधामा कार्यअनुभव हासिल गरेका व्यक्तिहरुको व्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij