
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त भएका छन्।
महाप्रबन्धकका लागी ३४ जनाले आवेदन दिएका मध्ये ९ जना सर्टलिस्ट परेका थिए। जसबाट खनाल छानिएको क्यानले जानकारी दिएको छ ।
उनको आगामी वैशाख २ गतेबाट आफनो पद सम्हाल्नेछन् । खनालले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि शिक्षण संस्था, विश्वविद्यालय तथा अन्तराष्ट्रिय संस्थाहरुमा काम गरिसकेका छन् ।
तत्कालिन महाप्रबन्धक रौनक मल्ललाई हटाएपछि क्यानले नयाँ नियुक्तिको प्रक्रिया थालेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij