काठमाडौं । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही प्रक्रिया फिर्ता लिन माग गरेका छन्।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्र संकटपूर्ण घडीमा भएकाले बेला सरकारले गरेको कारबाहीले दीर्घकालिन नकारात्मक असर पर्ने भएकाले फिर्ता लिन आग्रह गरेका हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij