२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

ललितपुर मदिरा व्यवसायी संघको सातौं बार्षिक साधारणसभा सम्पन्न

ललितपुर मदिरा व्यवसायी संघको सातौं बार्षिक साधारणसभा सम्पन्न

ललितपुर । ललितपुर मदिरा व्यवसायी संघको सातौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाको सभापतित्व ललितपुर मदिरा व्यवसायी संघका अध्यक्ष उपेन्द्र लाखेले गरेका थिए ।

सभामा महासचिव हरिहर अधिकारी र कोषाध्यक्ष तेजेन्द्र गोपाल श्रेष्ठले आ–आफ्नो प्रगति प्र्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा लकडाउनको कारण मदिरा व्यवसायको कारोबार निकै नै घटेको र व्यवसायीहरुले ठूलो समस्याको सामना गर्नुपरेको बारे वक्ताहरुले धारणा राखेका छन् । साथै मदिरा व्यवसायलाई व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता सम्बन्धमा पनि सभामा व्यापक छलफल भएको छ ।

व्यावसायिक हकहितको उद्देश्यले स्थापित ललितपुर मदिरा व्यवसायी संघले व्यवसायीहरु बीच निरन्तर भेटघाट, अन्तरक्रिया, व्यवसायीका समस्या समाधानको लागि पहल, मूल्यमा एकरुपता र गुणस्तरीय उत्पादनको बजार प्रवद्धनलाई जोड दिनुको अलावा व्यवसायीहरुलाई कर शिक्षाको आवश्यकता महसुस गराई व्यवस्थित कारोबार र हिसाबकिताबमा अभ्यस्त बनाउन विशेष जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij