काठमाडौं । नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् ।
उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।
पाैडेल टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका व्यक्ति हुन् ।
पौडेललाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमकाे प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij