काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा आकाङ्क्षीहरुले आ-आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसँगै मुख्य दलबाट आकाङ्छीहरुको चर्चा हुन थालेको हो ।
स्थानीय तहमा कसैले आफ्नो दाबी नै अघि सारेका छन् भने कसैको भने स्वभाविक चर्चा हुन थालेको छ । यसरी चर्चामा आउने मध्ये एक हुन् नेकपा एमाले धादिङका नेता गोकर्ण रुपाखेती ।
नेता रुपाखेतीकाे नाम एमालेबाट थाक्रे गाउँपालिका अध्यक्षमा चर्चा हुन थालेको छ ।
उनी निरन्तर वाम राजनीतिमा सक्रिय रुपाखेती धादिङका स्थापित नेता हुन् ।
रुपाखेती एमालेबाट थाक्रे गाउँपालिकाका बलिया उम्मेद्बार हुन् । स्थानीय जनताविच लोकप्रिय रुपाखेती जनताको काममा निरन्तर सक्रिय रहदै आएका छन् ।
थाक्रे गाउँपालिकालाई बिकासको नयाँ उचाईमा लैजान एमालेबाट रुपाखेतीलाई अध्यक्षमा अघि बढाउनु पर्ने स्थानीय नेताकार्यकर्ता बताउँछन् ।
थाक्रेवासी बीच लोकप्रिय रुपाखेती स्थानीय जनताका समस्यालाई आफ्नै समस्या ठानी सेवा गर्दै आएका छन् । उनलाई अन्य दलको समेत साथ रहने चर्चा थाक्रेमा चल्ने गरेको छ ।
एमालेका केन्द्रिय नेताहरुसँग समेत राम्रो सम्बन्ध रहेका रुपाखेतीले मात्र गठबन्धनका उम्मेदवारलाई हराउन सक्ने स्थानीय एमाले कार्यकर्ता बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij