
काठमाडौँ– देशमा शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि न्यायको अनुभूति गर्न नपाएको भन्दै द्वन्द्व पीडितहरुले ‘द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल’ गठन गरेका छन्।
सरकार र राजनीतिक दलहरुलाई जवाफदेही बनाउन पुनः द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष गोपाल बहादुर शाहले बताएका छन्।
‘द्वन्द्व पीडितहरुले न्याय पाउन विधि प्रक्रिया र पद्धतिअनुसारको कानुन बनाउन राजनीतिक दल र सरकारलाई जवाफदेही बनाउनको लागि द्वन्द्व पीडितको साझा संगठन द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल गठन भएको पुनः जानकारी गराउन चाहन्छौँ,’ सञ्जालले भनेको छ।
पीडितले न्याय पाउने बाटो अनन्तकालसम्म लम्ब्याइरहने प्रवृतिले द्वन्द्व पीडितको मुद्दा कमजोर बनेको भन्दै सञ्जालले सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij