
भक्तपुरः नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. ८ को पार्टी कार्यालय उद्घाटन गर्नुभएको छ । पार्टी कार्यालय उद्घाटनको उक्त अवसर पारेर बस्नेतले एमाले वडा नं. ८ कमिटीका निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा नेकपा (एमाले) भक्तपुरका अध्यक्ष वचन देउजा, मध्यपुरथिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले उक्त वडामा एमालेको जित सुनिश्चित पार्न पार्टीले विशेष रणनीति लिनुपर्ने सम्बन्धमा धारणा राख्नुभएको थियो ।
नेकपा (एमाले) मध्यपुर थिमी वडा नं. ८ ले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले यस वडामा रहेका नेपाली काङ्ग्रेस र नेकपा (माओवादी) दुवै मिलेर आउँदा पनि नेकपा (एमाले)लाई कुनै असर नपर्नेे प्रष्ट पार्नुभएको छ । नेमकिपाको जनमत बढी रहेको उक्त वडामा अहिले नेकपा (एमाले)को बाहुल्यता बढ्न गई एमालेको विजय सुनिश्चित रहेको समेत बताउनुभयो । जुन आगामी स्थानीय तहको निर्वाचनबाट प्रमाणित हुने उहाँको धारणा छ ।
स्थानीय जनताको विश्वास जितेकै कारण नेमकिपाको गढ मानिने उक्त वडामा एमालेको पक्षमा जनमत बढ्दै गएको बताउँदै नेता बस्नेतले स्थानीय जनताहरूलाई आधारभूत सेवासुविधाहरू प्रदान गर्ने र विकास पूर्वाधारका कामहरू मार्फत स्थानीयहरूका समस्या समाधान गरी समृद्धिको आभाष गराउन आफूहरू निरन्तर प्रतिबद्ध रहँदै आएको समेत बस्नेतले बताउनुभयो ।
विगतमा भक्तपुरमा अघी बढाइएका बाटोघाटो, मनोहरा पुल लगायतका महत्वपूर्ण पूर्वाधार अघी बढाउने कार्यमा अहिलेका वडा अध्यक्ष (नेमकिपाबाट निर्वाचित)ले नै अवरोध सृजना गरेको कारण स्थानीय जनताहरू वर्तमान अध्यक्ष प्रति रूष्ट छन् ।
नेता बस्नेतले नेपाली जनतामा समृद्धि र खुसी ल्याउने पार्टी नेकपा एमाले मात्र भएको दाबी समेत गरेका छन् । विगतमा एमालेबाट निर्वाचित स्व. प्रधानमन्त्री मनमोहन अधिकारीले तत्कालिन अवस्थामा १ सय रूपियाँबाट शुरू गरेको वृद्धाभक्तालाई बढाउँदै अहिले मासि ४ हजार रूपैयाँ पु¥याइएको र यसबाट बुढाबुढीको जीवनयापन निकै सहज बन्न सकेको बताउँदै अहिले नेकपा (एमाले)को पक्षमा देशव्यापी माहोल बन्दै गएको र अन्य सबै शक्तिहरू एक भएर आएपनि एमालेको विजयलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले नेकपा (एमाले)ले अङ्गिकार गरेका नीति र सिद्धान्त नै नेपाललाई समृद्धिको खाका कोर्ने आधार भएको र पार्टीले तय गरेका नीति एवं योजनाहरूलाई सार्थक पार्न सिङ्गो पार्टी एक भएर अघी बढाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता बस्नेतले अब नजिकिँदै आएको स्थानीय चुनावमा उक्त वडाबाट नेकपा (एमाले)लाई विजयी बनाउन स्थानीय तपाई सम्पुर्ण बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरूलाई आग्रह समेत गर्नुभएको छ । आय आयोजित कार्यक्रममा करिब ५ सय व्यक्तिहरूको उपस्थिति थियो ।
आजको कार्यक्रमबाट निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा राम चन्द्र जयना, उपाध्यक्षमा राजाराम थापा श्रेष्ठ, सचिव लक्ष्मीनाथ था, उपसचिवमा विक्रम बुढा, उपसचिव कृष्णलक्ष्मी चाँसी रहेका छन् । यसैगरी सदस्यहरूमा राजन जोशी, सुजिन सिपाई, सरोज खमु, श्यामसुन्दर होना, सुरेश म्बे, बुद्धिचन्द्र खमु, दीपक सिपाई, महश्वर ब्याँ श्रेष्ठ, हरिश गःसी, न्हुच्छेमाया चाँसी, गीता खपे, राजु घवा, श्यामसुन्दर माक, सृजना श्रेष्ठ, चन्द्रलक्ष्मी श्रेष्ठ, गंगालक्ष्मी पा, सरिता जयना, शुशिल तुक्षे, किलिका तःमी, शुशिल चन्द्यो, कृष्ण बहादुर चन्द्यो, विनोद श्रेष्ठ, विष्णु नापित, मम्भीरमान तःमी रहेका छन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij