२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पल शाह पुर्पक्षका लागि थुनामा

पल शाह पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत, तनहुँले जबरजस्ती करणी सम्बन्धी कसूरमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बिहीबार साँझ अदालतको आदेश आएसँगै शाह जिल्ला कारागार, तनहुँ पठाइएका छन् ।

उनीसँगै मतियारका रुपमा मुद्दा चलाइएका म्यानेजर कृष्ण जोशीलाई चाहिँ एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाले अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिँदा उनकै बयानलाई प्रमुख आधार मानेका छन् ।

शाहले अदालतमा दिएको बयानमा घटना भएको भनिएको दिन ‘राति १२ बजेतिर पीडितलाई म्यासेज गरेर साथीहरुसँग खाएर बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको’ स्वीकारेका थिए ।

‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन’ न्यायाधीश ढुंगानाले लेखेको आदेश पर्चामा भनिएको छ, ‘यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबरजस्ती करणी गरेका तथ्यसँग भिड्न आएको देखियो ।’

१८ वैशाखमा तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बेग्लाबेग्लै कोठामा सुतेको अवस्थामा राति १२ बजेतिर नाबालिकाको कोठामा आएर जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध पीडितका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएका थिए ।

अदालतमा दिएको बयानमा पनि पीडित नाबालिकाले पनि ‘मध्यराति आएर शाहले विवाह गर्ने झुटो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेको’ भनेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij