२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मधेसको विकास र समृद्धिका लागि हामी गम्भीर छाैंः एमाले अध्यक्ष ओली

मधेसको विकास र समृद्धिका लागि हामी गम्भीर छाैंः एमाले अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसको विकास र समृद्धिका लागि वास्तविकरूपमा काम गर्ने पार्टी एमाले मात्र भएको बताउनुभएको छ ।

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धर, नेकपा (माओवादी केन्द्र) का पर्साका नेता बाबुराम कौशिक, तराई मधेस लोकतान्त्रिक पार्टीका पूर्वमहामन्त्री शिव पटेललगायतलाई आज पार्टीमा प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा अलमलिएर नबस्न आग्रह गर्नुभयो ।

ओलीले आफू सरकारमा हुँदा हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, जनता आवाज कार्यक्रमलगायत महत्वपूर्ण काम गरेको स्मरण गराउँदै तराई मधेसलाई ठगीखाने भाँडो बानाउने प्रवृत्तिलाई आगामी निर्वाचनबाट परास्त गर्न आग्रह गर्नुभयो ।

उहाँले एमालेमा हरेक दिन प्रवेशको लहर चलेकाले यस पार्टीमा आउने व्यक्तिको राजनीतिक भविष्य सुरक्षित हुने र एमालेका कारण देशको भविष्य पनि सुरक्षित हुने बताउनुभयो । –रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij