यूपीआई । अमेरिकाको एरिजोनामा सेरेस थेराप्युटिक्स नामक एक बायोटेक कम्पनीले पैसा दिएर मानव मल संकलन गर्ने केन्द्र खोलेको छ । यो कम्पनीले ‘गुडनेचर’ नामक संस्थाको संचालन गर्दछ । गुडनेचरले टेम्पेमा खोलेको पसलमा प्रत्येक पटक आफ्नो दिसाको नमुना प्रदान गरे वापत दाताले कम्तिमा २५ देखि ७५ अमेरिकी डलर कमाउन सक्नेछन् ।
गुडनेचरको वेवसाइटमा भनिएको छ, ‘सबैले आफ्नो व्यवसाय गर्नुपर्छ । तपाईंको व्यवसायले राम्रो गरिहेको छ भन्ने सुनिश्चित गर्नुहोस् ।
गुडनेचर १८ देखि ५० वर्ष उमेरका स्वस्थ दिसादाताको खोजिमा रहेको छ । तिनीहरुले प्रतिमहिना १ हजार ५ सय डलरसम्म कमाउन सक्नेछन् ।
सम्भावित दाताको नियमित दिसा हुने गरेको, सामान्य शारीरिक वजन भएको, धुमपान नगर्ने, गर्भवती नभएको, ग्यास्ट्रिकको कुनै पनि समस्या नभएको तथा रक्सी एवं लागुऔषध सेवन नगर्ने गरेको हुनुपर्ने प्रावधान छ ।
साथै दाताले एक सातामा संकलन केन्द्रमा तीनदेखि चारपटक दिसा दान गर्नसक्नु पर्दछ । भावी ग्यास्ट्रिक सम्बन्धी संक्रमण र समस्यामाबारे अध्ययन अनुसन्धानका लागि यसरी दिसा संकलन गरिँदै गरेको बताइएको छ ।
सेरेस थेराप्युटिक्स सार्वजनिक व्यापार गर्ने कम्पनी हो । यसले आफ्नो कारोबार मास्साचुसेत्सको क्याम्ब्रिजबाट संचालन गरिरहेको छ । दिसा संकलन कार्यक्रमहरु इर्विन, क्यालिफोर्निया र क्याम्ब्रिजमा पनि उपलब्ध छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij