
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले जनताकाे समृद्धिकाे उद्देश्यले एमालेले अघी सारेका परिकल्पना र कार्ययाेजनाबाट डराएर अन्य सम्पूर्ण शक्ति एक भइ नेकपा एमालेलाइ एक्ल्याउने प्रयाशमा रहेकाे बताउनुभएकाे छ ।
साथै उहाँले आगामी निर्वाचनबाट पुनः नेपाली जनताकाे सबैभन्दा ठूलाे दल बनेर एमाले पुन उदाउने उद्घाेष समेत गर्नुभयाे ।
आज नेकपा एमाले सम्पर्क समन्वय कमिटीले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै महासचिव पाेखरेलले यस्ताे घाेषणा गर्नुभएकाे हाे । साथै आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै जनआकाङ्क्षालाइ सम्बाेधन गर्न सक्ने नेपालकाे एकमात्र दल नेकपा एमाले मात्रै रहेकाे समेत बताउनुभयाे ।
नेकपा एमाले जनतालाइ सपना देखाउने मात्र नभइ आफूले अघी सारेका कार्यक्रमहरुलाइ नीति याेजना तथा कार्यक्रमसहित अन्तिम रुप दिन अग्रसर भइ अहाेरात्र खटिइरहेकाे अवस्थामा जनआकाङ्क्षाका याेजना देख्न नसक्ने प्रतिगामी शक्तिहरुकाे षड्यन्त्रकाे कारण सत्ताबाट बाहिरिनुपरेकाे बताउनुभयाे ।
महासचिव पाेखरेलले नेकपा एमाले समाजवादी अर्थतन्त्रकाे वकालत गर्ने एकमात्र पार्टी रहेकाे समेत बताउँदै काङ्ग्रेस, माअाेवादी लगायतकाे गठबन्धन निश्चित विचारमा अडिन नसक्ने र अधिक जनताका चाहना विपरीत पुँजीवादी अर्थव्यवस्थाकाे वकालत गर्ने दिशामा अघी बढिरहेकाे आराेप समेत लगाउनुभयाे ।
सम्बाेधनकाे क्रममा पाेखरेलले विगतमा नेकपा एमालेले अघी सारेका कार्यक्रमहरुलाइ सार्थक बनाउन र समृद्ध नेपाल सुखी नेपालीकाे सपना साकार पार्न एमालेकाे विजयकाे विकल्प नभएकाे भन्दै नेकपा एमालेकाे पक्षमा जनमत निर्माण गर्न सम्पूर्ण कार्यकर्ता पंक्तिहरुलाइ आग्रह समेत गर्नुभएकाे छ ।
उहाँले सम्बाेधनकाे क्रममा नेपाली जनताका सपना शिराेधार्य गर्ने, माटाेकाे रक्षा गर्ने र गुमिसकेकाे भूमि एवं अन्तरिक्ष र समुद्र माथिकाे अधिकार स्थापनाकाे सपना जनतामाझ अकल्पनीय कार्यक्रम प्रस्तुत गरी त्यस्ता महत्वाकांक्षी कार्यक्रमकाे आलाेचना भइरहँदा छिमेकी मित्रराष्ट्रहरुसँग ती कार्यक्रम साकार पार्ने दिशामा कदम अघी बढाउने सपना बाेकेका केपी ओलीकाे नेतृत्व नेपालमा सदैव आवश्यक रहिरहने समेत बताउनुभयाे ।
महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनाबसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौति समेत दिनुभयो ।
महासचिव पोखरेलले चुनावपछि परमादेशको शक्ति ढल्ने ठोकुवा पनि गर्नुभयो ।
प्रचण्ड र माधव नेपाल समृद्धि रोकेर बिदेसीको सेवामा लिप्त रहेको तथ्यहरु उजागर भइसकेको समेत महासचिव पोखरेलले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij