२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जंगबहादुर लामा बने नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापति

जंगबहादुर लामा बने नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापति

 

काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्।

दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ।

लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् ।

पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन्।

पहिलो चरणको मतदानमा डा. प्रेमध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए। उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए ।

सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij