२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रतिकिलो एक महिनामै डण्डीको मूल्य ३६ रुपैयाँसम्म बढ्यो

प्रतिकिलो एक महिनामै डण्डीको मूल्य ३६ रुपैयाँसम्म बढ्यो

????????????????????????????????????
काठमाडौं । बजारमा डण्डीको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । एक महिनामा प्रतिकिलो ३६ रुपैयाँसम्म मूल्य बढेको हो ।

गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ सम्म बढेकाे पाइएकाे छ । तर, फागुनको तेस्रो साता सकिंदा बजारमा डण्डीको मूल्य १२४ रुपैयाँ पुगेको पाइएको छ ।

एक महिनाको बीचमै डण्डीको मूल्य प्रतिकिलोमै ३६ रुपैयाँले बढ्दा पनि सरकारी अनुगमन र बजार हस्तक्षेप भने शून्य छ । डण्डीको खुद्रा बिक्रेताहरुकाअनुसार डण्डी उत्पादकहरुले एक महिनाको अवधिमा हरेक दिन एक रुपैयाँका दरले मूल्य बढाइरहेको छन् ।

उत्पादकका कारण खुद्रामा डण्डी बिक्री गर्नै कठिन भएको राजेश हार्डवेयरले जनाएको छ । ‘उत्पादकबाट अहिले हामीले १२४ रुपैयाँमा होलसेलमा डण्डी किन्छौं, उपभोक्तालाई पुरानै मूल्यमा बिक्री गरिहरको छौं,’ हार्डवेयरका एक कर्मचारीले भने ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा डण्डीको मूल्य उत्पादकले बढाईहको हार्डवेयरको भनाइ छ । बढ्दो मूल्यका कारण बजारमा डण्डीको बिक्री ह्वात्तै ओरोलो लागेको छ ।

बजारमा डण्डीको मूल्यमा केही उद्योगीले मनपरी गरिरहेको नेपाल फलामे छड उत्पादक संघका वरिष्ठ उपाध्यक्ष किरणप्रसाद साखले बताए । ‘हामीले त अहिले डण्डी उत्पादन नै गरेका छैनौं, केही समूहले सरकारसंग मिलेर जथाभावी कारोबार गरिरहेका छन्,’ साखले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij