सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा आज लुइँटेललाई नियुक्त गरेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको बताइएको छ ।
आज नियुक्त भएका लुइँटेल यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका छन् । लुइँटेललाई सदस्य सचिवमा नियुक्त गरिएपछि हायत रिजेन्सी होटलले गैरकानूनीरूपमा अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सहज हुने विश्वास गरिएको छ
।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij