२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

अग्रजहरुसँगकाे अन्तरक्रियामा लोकतान्त्रिक इन्जिनियर समूह

अग्रजहरुसँगकाे अन्तरक्रियामा लोकतान्त्रिक इन्जिनियर समूह

काठमाडौं । नेपाल इन्जिनियर एसोसिएसनको चुनावलाई लक्षित गरी लोकतान्त्रिक इन्जिनियर समूहले आफ्नो भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको छ ।

बुधबार यस समूहले नेपाल इन्जिनियर एसोसिएसनको नेतृत्वमा रहिसक्नुभएका अग्रजहरुसँग भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त अन्तरक्रियामा डा‍‍  जीवराज पाेखरेल,  ध्रुव थापा, हरेराम श्रेष्ठ लगायत ध्रुव महर्जन,  विश्वभक्त खरेल, मनाेज कुमार लाल, अरविन्द कुमार गुप्ता, वासुदेव पाेखरेल, दिगम्बर झा लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित अग्रजहरुले यस समूहले समावेशी किसिमले सबै पक्षलाई समेट्ने प्रयाश गरेकोमा खुसी व्यक्त गर्दै निर्वाचनमा आफूहरुले सक्दो सहयोग पुयाउने वचनवद्धता समेत व्यक्त गरेका छन् । उम्मेदवारहरुले आफ्ना एजेण्डाहरु समेत प्रस्तुत गर्दै सबैको सहयोगको लागि आग्रह गरेका छन् ।

लोकतान्त्रिक इन्जिनियर समूहमा सरकारी सेवा, निजी कन्सल्टेन्सी सञ्चालक, इन्जिनियरिङ कलेज सञ्चालक, इन्जिनियरिङ सेवा प्र्रवाहको उद्देश्यले स्थापित विभिन्न संघसंस्थाका प्रबुद्ध व्यक्तिहरुको संलग्नता छ ।

यस समूहका अध्यक्षका उम्मेदवार ई. दिलीप कुमार झा विगत २७ बर्ष देखि इन्जिनियरिङ सेवामा संलग्न छन् । नेपाल इन्जिनियर्स एसोसिएसनका विभिन्न कमिटी लगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका झा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका पात्र हुन् ।

 

समूहका उपाध्यक्ष ई. ऋषि कोइराला मूल्याङ्कन कार्यमा संलग्न इन्जिनियरहरुको संस्था नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष हुन् । ई. कृष्णसिंह बस्नेत विभिन्न सरकारी सेवामा कार्यरत रही अघिल्लो बर्ष सडक बोर्ड नेपालबाट कार्यकारी निर्देशकको पपबाट अवकास पाएका व्यक्ति हुन् ।

ई. सुधिर गुरागाईं कलेज अफ इन्फरमेसन टेक्नोलोजी (सिआइटी)का प्रिन्सिपलको अलावा एसोसिएसन अफ इन्जिनियरिङ कलेज अफ नेपालमा संलग्न छन् ।

आ. रमिता श्रेष्ठ सरकारी सेवामा संलग्न छन् । आफ्नो उम्मेदवारी नीतिगत सुधारको पहलको लागि भएको उनी बताउँछिन् ।

ई. सञ्जय महतो आफ्नै कन्सल्टेन्सी सञ्चालन गर्दै आएका प्रतिभाशालि व्यक्ति हुन् ।

प्रदेश सभापति जीवन कुमार श्रेष्ठ डोलिडारबाट महानिर्देशकको रुपमा अवकाशप्राप्त लामो समय सरकारी सेवाको अनुभवी व्यक्ति हुन् । प्रादेशिक सरकारहरुलाई सही तवरले ट्रयाकमा चलाउन आफ्नो विजय महत्वपूर्ण हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij