२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

स्वविवेक प्रयोग गरेर उचित पात्रलाई निर्वाचित गर्नुहोस्ः महतो

स्वविवेक प्रयोग गरेर उचित पात्रलाई निर्वाचित गर्नुहोस्ः महतो

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा सह–कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका ई. सञ्जय महतो एसोसिएसनको अबको नेतृत्वमा आफ्ना कार्ययोजनाहरुलाई सार्थक बनाउन सक्ने व्यक्तिहरु निर्वाचित हुनुपर्ने कुरामा जोड दिन्छन् ।

लोकतान्त्रिक निर्वाचन प्रक्रिया मार्फत आगामी नेतृत्व चयन गर्ने क्रममा मतदाताहरु चलाख हुनुपर्नेमा उनको जोड छ ।

अन्य प्रलोभनमा नपरी सही पात्रलाई निर्वाचित गर्न सकेको खण्डमा समग्र इन्जिनियरिङ क्षेत्रको गरिमा बढ्ने महतोको धारणा छ ।

यही फागुन २७ गते निर्वाचन प्रणाली मार्फत हुन गइरहेको नेपाल इन्जिनियर्स एसोसिएसनको नेतृत्व चयन प्रक्रियामा मतदाताहरुले उम्मेदवारको पृष्ठभूमि, व्यावसायिक अनुभव, सामाजिक योगदान, नेतृत्वकला, निर्णय शक्ति, भावी कार्ययोजना लगायतलाई आधार बनाएर मतदान गर्न आग्रह गरेका छन् ।

कसैको दबाब र प्रलोभनमा नपरी आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गर्न सकेमात्र सही व्यक्तिले उचित स्थान पाउन सक्ने महतोको धारणा छ । महतोले लोकतान्त्रिक इन्जिनियर समूहबाट सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij