काठमाडौं । नेपाली ईन्जिनियरहरूकाे साझा संस्था नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचन मिति नजिकँदै जाँदा उम्मेदवारहरूकाे व्यस्तता बढ्दै गएको छ।
निर्वाचनमा लाेकतान्त्रिक ईन्जिनियर समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ई. ऋषि काेईराला पनि यतिबेला चुनाव लक्ष्यित भेटघाट एवं प्रचारप्रसारमा निकै नै व्यस्त बन्दै गएका छन् ।
ईन्जिनियरिङ क्षेत्रमा लामो समय देखि आवद्ध रही हाल नेपाल भ्यालुयर्स एसाेसिएसनकाे नेतृत्व समेत गर्दै आएका काेइराला कुशल नेतृत्वदायी क्षमता भएका व्यक्तिकाे रूपमा समेत चिनिन्छन्।
एसाेसिएसनमा क्रियाशील नेतृत्वको आवश्यकता महसुस गरेर नै आफुले निर्वाचनमा उम्मेदवारी दिएको बताउने काेइराला आफ्नो विजय सम्पूर्ण ईन्जिनियरिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनकाे लागि नयाँ काेशेढुङ्गा सावित हुने दावी समेत गर्छन् ।
काेईराला एसाेसिएसनकाे निर्वाचनको समयमा विभिन्न आकर्षक कार्यक्रमहरू समेटिएका घाेषणापत्र एवं भाषण प्रस्तुत गर्ने व्यक्ति एवं समूह नै लामो समय नेतृत्वमा रहने क्रममा समेत ती कार्यक्रमहरूलाई कार्यरूपमा बदल्न तयार नहुने परिपाटी अन्त्यकै लागि आफूले उम्मेदवारी दिनुपरेको समेत बताउँछन् ।
साथै यस्तो स्थिति सिर्जना हुनुमा कुशल क्षमतावान व्यक्ति निर्वाचित हुन नसक्नु नै मुख्य कारण रहेको तर्फ मतदाताहरूलाई ध्यानाकर्षण गराउँदै काेईराला कामबाट नै आफूलाई सही सावित गर्न सक्ने व्यक्तिलाई नै विवेकशील तवरले मतदान गरी निर्वाचित गर्नुपर्नेमा विशेष जाेड दिन्छन् ।
उपाध्यक्ष पदका उम्मेदवार काेईराला नेपाल ईन्जिनियर्स एसाेसिएसनले गर्नुपर्ने थुप्रै जिम्मेवारीहरू भएको र एकैपटकमा सबै काम गर्न सम्भव नहुने भएकोले प्राथमिकतासाथ क्रमिक रूपमा ती कार्यक्रमहरू अघि बढाउने दाबी गर्छन् ।
साथै निर्वाचन सम्पन्न भएपश्चात् आफूहरूकाे मुख्य जाेड नेपाली ईन्जिनियरहरूकाे क्षमता विकासमा नै केन्द्रित रहने समेत काेईराला बताउँछन् ।
आफ्ना शुभचिन्तक एवं सम्पूर्ण मतदाताहरूलाई आफ्नो अमूल्य मत मार्फत विजयी गराई आफूहरूका सपना साकार पार्न उपाध्यक्षका उम्मेदवार काेईराला आग्रह गर्छन् ।
स्मरण रहाेस्, लामो इतिहास बाेकेकाे नेपाल ईन्जिनियर्स एसाेसिएसन नेपाली ईन्जिनियरहरूकाे हकहितको उद्देश्यले स्थापित एकमात्र गैरराजनीतिक साझा संस्था हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij