२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनको तयारी पूरा

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनको तयारी पूरा

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मंचको ११ औं सम्मेलनको तयारी पुरा भएको छ ।
आज प्रदेश सम्पर्क कमिटीको कार्यालयमा पत्रकार भेटघाटमा यहि फागुन १४ गते हुने सम्मेलनको तयारी सकिएको जानकारी दिइएको छ । सम्मेलनको उद्घाटन महासचिव शंकर पोख्रेलले गर्नुहुनेछ । सम्मेलनमा ७०० भन्दा बढीको उपस्थिति रहने संयोजक बिशाल मिश्रले जानकारी दिनुभयो ।
एमाले अर्घाखाँची काठमाडौ सम्पर्क मंच सम्मेलनको लागि हाइटेक प्रविधि भित्र्याइएको छ । प्रतिनिधि कार्ड डिजिटल बनाइएको छ ।
सम्मेलनको लागि गएको शनिबार नै प्रतिनिधि छानिएका छन् । अधिवेशनको बन्द सत्रबाट ७३ सदस्यीय जिल्ला मंच गठन हुनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मतीको प्रयास भइरहेको नेताहरुले जनाएका छन् । यसैबिच शनिबार हुने कार्यक्रमको लागि अर्पण बैंक्वैट नयाँ बानेश्वर थापागाउँ बुकिङ गरिएको र सम्मेलन अवधिभर खाना खाजाकाे व्यवस्था गरिएको भोजन व्यवस्थापन उपसमिति संयाेजक मोतीराज खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij