
काठमाडाैं । योग तथा प्राकृतिक चिकित्सक संघको १२ औं साधरण सभा शनिबार सम्पन्न भएकाे छ ।
सभा संस्थाका केन्द्रीय अध्यक्ष डा. जनक बस्नेतको अध्यक्षतामा संस्थाको केन्द्रीय कार्यालय बाँसबरीमा सम्पन्न भएकाे हाे ।
सभामा सहभागि संस्थाका केन्द्रीय प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
संस्थाकाे वार्षिक प्रतिवेदन डा. रबिनलाल श्रेष्ठले प्रस्तुत गर्नुभएकाे थियाे भने आर्थिक प्रतिवेदन डा. पुकार लोहनीले प्रस्तुत गर्नुभयो ।
साथै कार्यक्रमको स्वागत मन्तव्य डा. यन्जन गैह्रेले राख्नुभएको थियो ।
डा. हेमराज कोईररालाले योग र प्राकृतिक चिकित्साको भविष्य र आवश्यकता सम्बन्धमा रही आफ्नो मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका चिकित्सकहरुको व्यापक उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij