२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

ई–कमर्श कम्पनी ‘भेषभूषा’ सञ्चालनमा

ई–कमर्श कम्पनी ‘भेषभूषा’ सञ्चालनमा

 

नेपाली उत्पादनको प्रबद्र्धन गर्ने लक्ष्यसहित आजदेखि ई–कमर्श कम्पनी भेषभूषा सञ्चालनमा आएको छ । स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको हो ।

कम्पनीका अध्यक्ष दीपक पाण्डेले नेपाली उपभोक्ताको आवश्यक्ता महसुस गरेर भेषभूषा नामक ई–कमर्श कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए । उनले स्वदेशी र विदेशी ब्राण्डका कम्पनीहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए ।

भेषभूषामा हरेक नेपालीले आफ्नो उद्देश्य र पेसाअनुरूपको पहिरन, जीवन शैलीका सामानहरू छनोट गर्न सक्छन्,’ पाण्डेले भने, ‘हाल यो कम्पनी उपत्यका केन्द्रीत छ । निकट भविष्यमै देशका अन्य सहरमा पुग्ने लक्ष्य छ ।’

यस्तै, कम्पनीकी प्रमुख कार्यकारी अधिकृत तृसा आचार्यले आगामी दिनमा सौन्दर्य प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँगसँगै लग्ने बताइन् । ‘भेषभूषा डटकम’मार्फत सेवाग्राहीले अनलाइन खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij