काठमाडौं नेकपा (एमाले) अर्घाखाँची काठमाडौं सम्पर्कले ११औँ सम्मेलन काे लोगो र मिति सार्वजनिक गरेको छ । आज काठमाडौंको बागबजार आयोजित विस्तारित बैठकले सम्मेलनकाे लोगो र मिति सर्बजनिक गरेको छ।
‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा ११ सम्मेलन भएकोले पार्टीको झण्डा चुनावी चिन्ह देखाइएको छ।
११ औँ सम्मेलन आगामी फागुन १४ गते काठमाडौंमा हुने तय भएको छ सम्मेलनको लागि प्रतिनिधि छनाेट फागुन काे ६ गते तय भएको सम्मेलन आयोजक कमिटीका संयाेजक बिशाल मिश्रले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij