पर्शुराम बस्नेतले नेपाल खेलकुद महासंघको कार्यभार सम्हालेका छन। आज नेपाल खेलकुद महासंघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा उनले पदबहाली गरेका हुन।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा महासंघका निवर्तमान अध्यक्ष रमेस कुमार पौडेलबाट दस्तावेज तथा निर्णय पुस्तिका हस्तान्तरण संगै बस्नेतले कार्यभार सम्हालेका हुन।
नेपाल खेलकुद महासंघको दोश्रो पदाधिकारी बैठकबाट महासंघको केन्द्रीय कमिटीको संयोजकमा चयन भएका बस्नेतले कार्यभार सम्हाल्दै देशभर महासंघका स्थानीय,क्षेत्रीय,जिल्ला र प्रदेस कमिटी गठनलाई तीव्रता दिदै महाधिवेसनको तयारी गर्ने बताएका थिए।
नेपालको खेल र खेलकुद क्षेत्रमा रहेका नीतिगत र प्राविधिक समस्याहरुका वारेमा विषय उठान,वकालत र दवाव सहित खेलकुद क्षेत्रको लागि अभियान संचालन गर्ने जानकारी दिदै प्रदेस नं १ खेलकुद परिषदका सदस्य सचिव समेत रहेका बस्नेतले जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद दिएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij