२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कानुनले तोकेको समयभित्रै स्थानीय चुनाव हुन जरुरी छः नेता पाेखरेल

कानुनले तोकेको समयभित्रै स्थानीय चुनाव हुन जरुरी छः नेता पाेखरेल

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिट्टै स्थानीय निर्वाचनको मिति घोषणा नभएमा देशव्यापी रुपमा जन परिचालन गर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले उक्त कुरा बताउनुभएकाे हाे ।

नेता पाेखरेलले भन्नुभयो ‘यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जन परिचालन हुन्छ ।’ उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेण्डासँग कुनै मतलब नभएको आरोप समेत लगाउनुभयो ।

नेता पोखरेलले पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य भएको बताउनु भयो । उहाँले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन समेत निर्देशन दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij