
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कृष्णबहादुर कार्कीलाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
कुल ११ जनाको आवेदनमा सीईओको दावेदारीमा ३ जना; रमेशकुमार भण्डारी, केशवप्रसाद श्रेष्ठ र कृष्णबहादुर कार्कीको नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस भएको थियो।
पूर्व सीईओ चन्द्रसिंह साउदले आफु सर्वोत्तम सिमेन्टको सेयर खरिद कार्यमा मुछिएपछी रजिनामा दिएसँगै नेप्सेको सीईओ पद केही समय देखी रिक्त रहेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij