२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पहिलाे चरणलाइ आधार मानेर समयमा नै स्थानीय तहकाे निर्वाचन गर्नुपर्छ–कानुनविद् भट्टराई

पहिलाे चरणलाइ आधार मानेर समयमा नै स्थानीय तहकाे निर्वाचन गर्नुपर्छ–कानुनविद् भट्टराई

 

काठमाडौं । प्रेस चौंतारी नेपालले शनिबार काठमाडौंकाे हाेटल हार्दिकमा एक अन्तर्क्रिया कार्यक्रम आयाेजना गर्याे । उक्त अन्तरक्रिया कार्यक्रम मुलुककाे समसामयिक राजनीति र अबकाे मार्गदर्शन सम्बन्धमा केन्द्रित थियाे ।

अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कुरामा जाेड दिएका छन् । उक्त कार्यक्रममा कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले पनि स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गर्नुभएको छ ।

उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष समेत रहनुभएका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनलाई आधार मानेर स्थानीय तहको निर्वाचन हुने अन्तर्राष्ट्रिय मान्यता रहेको पनि स्मरण गराउनुभयो। उहाँले स्थानीय तह पदाधिकारीविहीन हुने परिकल्पना संविधानले नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको धारा २२५ मा पहिलो नगरसभा र गाउँसभाको कार्यकाल पाँच वर्षको हुनेछ भनिएकाे र त्यसको सुरुवात पहिलो चरणको निर्वाचनबाटै गणना हुने अन्तर्राष्ट्रिय मान्यता रहेकाे पनि स्मरण गराउनुभयाे । इन्डियामा पनि लोकसभाको निर्वाचन नौं चरणमा सम्पन्न भएको समेत उहाँले बताउनुभयो।

त्यसरी भारतमा ९ चरणमा निर्वाचन सम्पन्न हुँदा पनि पहिलो चरणको निर्वाचनलाई नै आधार मानेर बनाइएको थियो।’ नेपाल बार एसोसिएशनका पूर्वमहासचिव पोखरेलले जेठ ५ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा किटानी व्यवस्था भएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन समयमै नभए स्थानीय तह जनप्रतिनिविहीन हुने अवस्था आउनेतर्फ पनि सचेत गराउनुभयो ।

पोखरेलले भन्नुभयो, ‘संविधानको धारा २१५ र २१६ मा स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरिएको छ। त्यो भनेको पाँच वर्ष एक दिन हुँदैन। त्यसैले संविधानले किटान गरेको पाँच वर्ष भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ। यति जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन नभए स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ।’ महासचिव पोखरेलले दलहरुले संविधान र कानुन विपरित भएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij