काठमाडौं । चिल्ड्रेन हेराल्ड एकेडेमी (CHA)ले ब्रिटिस काउन्सिल अन्तरगत इन्टरनेशनल स्कुल अवार्ड हात पारेको छ । ISA Full school award को नामले समेत चिनिने यो अवार्ड यही जनवरी २५ मा प्राप्त गरेकाे हाे । यस अवार्डको अवधि ३ बर्षको लागि मान्य हुनेछ ।
उक्त इन्टरनेशनल अवार्ड प्राप्त गर्नुमा विद्यालयले शैक्षिक बर्ष २०२१–२२ अन्तरगत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा रही कार्यसम्पादन गर्दा विद्यालय पक्षले प्रदर्शन गरेको उत्कृष्टतालाई आधार बनाइएको थियो ।
ब्रिटिस काउन्सिलको मापदण्डमा रही सञ्चालित हुँदै आएको यस चिल्ड्र्रेन हेराल्ड एकेडेमीले २०२१–२२ मा बेलायत, पाकिस्तान, भारत, अफगानिस्तान लगायतका देशहरुसँग सहकार्यमा विभिन्न गतिविधिहरुमा संलग्न भएको थियो ।
विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले विद्यालयले प्राप्त गरेको उक्त अवार्ड विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन पक्ष एवं शुभचिन्तकहरु लगायत सबै पक्षको लागि महत्वपूर्ण उपलब्धि रहेको समेत बताउनुभएको छ ।
आफूहरु सदैव गुणस्तरीय शिक्षाको अलावा अतिरिक्त व्यावहारिक ज्ञान प्रदान गर्ने कार्यमा निरन्तर सक्रिय रहँदै आएको समेत प्रिन्सिपल ज्ञवालीले बताउनुभयो ।
विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिनसकेमात्र हाम्रो आवश्यकता बमोजिमको दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने कुरालाई व्यावहारिक रुपमा प्रमाणित गर्ने ध्येय बमोजिम अघी बढिरहँदा प्राप्त भएको यस महत्वपूर्ण अवार्डले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको समेत प्रिन्सिपल ज्ञवालीले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताउनुभएको छ ।
चिल्ड्रेन हेराल्ड एकेडेमी गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहँदै आएको उत्कृष्ट विद्यालय हो । काठमाडौंको तारकेश्वर स्थित शान्तिटोल नजिकै यो विद्यालय सञ्चालनमा छ । हाल यस विद्यालयमा कक्षा १२ सम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij