२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालद्वारा वातावरण वैज्ञानिक राम चरित्र साह पुरष्कृत

विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालद्वारा वातावरण वैज्ञानिक राम चरित्र साह पुरष्कृत

काठमाडौं । विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (World Alliance for Mercury Free Dentistry-WAMFD) ले नेपालमा वातावरणीय पक्षहरुमा महत्वपूनिकै क्रियाशिल एवं प्रभावकारी गैर सरकारी संस्था जन स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साह ऐशियाकै पहिलो पुरस्कार प्रदान गरेको छ ।

नेपाल ऐशियामै पहिला मर्करीमूक्त दन्त चिकित्सा सेवा उपलब्ध गराउने राष्ट्र भएको छ । अमेरिका, वासिङ्टनडिसी स्थित विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालले उक्त अद्वितीय पुरस्कार मर्करीमूक्त दन्त चिकित्सा एवं मर्करीमूक्त स्वास्थ्य सेवा प्राप्त गर्न निकै प्रभावशाली भूमिका खेलेका गैरसरकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक र पहिला हुने देशलाई प्रदान गरेको हो ।

निकै संघर्षशिल एवं चुनौतीपूर्ण र वर्षाैं सम्मको लगातार प्रयास, पहल एवं अनुसन्धानमा आधारित पैरवीको फलस्वरुप नेलालको स्वास्थ्य क्षेत्रबाट घातक मर्करी उन्मूलन गर्न राम चरित्र साहले गरेका प्रयासहरुको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरेको विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालका अध्यक्ष चार्लि ब्राउनले बताउनुभएको छ ।

यो पुरस्कार राम चरित्र साहको नेपाली जनता र नेपालको वातावरण संरक्षणार्थ गरिएका बर्षौसम्मको सेवा र योगदान पु¥याए बापत प्रदान गरिएकोमा निकै प्रशंसा गर्नुभएको छ ।

ढाका स्थित वातावरणीय स्वास्थ्यका निर्देशक सिदिका सुल्तानाले राम चरित्र ऐशिया एवं विश्वकै गैर सरकारी संस्थाहरुको उत्कृष्ट प्रमूखहरु मध्ये एक भएको विचार व्यक्त गर्नुभएको छ । उहाले हाम्रो छिमेकी राष्ट्र नेपाल मर्करीमूक्त दन्त चिकित्सा सेवा प्रदान गर्न सक्षम भएकोमा निकै गौरवान्वित महशूस गर्दै राम चरित्रले खेलेका नेतृत्वदायी भुमिकाको निकै प्रशंसा गर्नुभएको छ ।

नेपलमा मर्करीमूक्त स्वास्थ्य सेवा र मर्करीमूक्त दन्त चिकित्सा सेवा सम्बन्धि राम चरित्र शाह नेतृत्वको सेफेडबाट निम्न गतिविधिहरु सञ्चालनमा रहँदै आएका छन् ।

क. गर्भवती र स्तनपान गराईरहेको महिला तथा १५ वर्षमुनि बालबालिकाहरुमा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः प्रतिबन्ध लगाउने ।

ख. अन्य उमेरको हकमा विकल्प भएमा (मर्करी डेन्टल अमल्गमको प्रयोगमा) पाँच वर्ष भित्र प्रतिबन्ध लगाउने ।

ग. दन्त चिकित्सा अध्ययन अध्यापन गराउने विश्वबिद्यालयहरु तथा प्रतिष्ठानहरुलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गर्ने ।

घ. प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोग प्रतिबन्ध गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij