काठमाण्डौ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र –CEPHED ले Doko Recyclers एवं Blue Waste to Value (BW2V) सँस्थाहरुसँगको सहकार्यमा “आउँदै गरेको UN Plastic Pollution Treaty मा उच्च हिमाली प्लाष्टिक प्रदूषणबारे समावेशीता एवं घातक रसायनयूक्त प्लाष्टिकको जिवनचक्र सम्बन्धि एक दिने जनचेतना कार्यशाला गोष्ठी” सम्पन्न गरेको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका सल्लाहकार एवं साना तथा मझैला उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालज्यूको अध्यक्षता र माननीय वन तथा वातावरण मन्त्री श्री रामसहाय यादवज्यूको प्रमूख आतिथ्यतामा प्लाष्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रदूषण, रिसाईक्लिड्ड र अध्ययन अनुसन्धान आदिसँग सम्बन्धित विभिन्न सरोकारवालाहरु गरी करीब ५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विशेष अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठनका प्रविधि अन्वेषण शाखा प्रमुख बैज्ञानिक डा.रविन्द्र ढकालज्यू, नेपाल पर्वतारोही संघका प्रतिनिधी संजीव गुरुङज्यू लगायतको उपस्थिति रहेको थियो ।
गोष्ठीको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख आयोजक संस्था जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका तर्फबाट स्वागत मन्तब्य दिँदै केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले मूख्य रुपमा तिनवटा विषयबस्तुहरुबारे जोडदार आवाज उठाउँदै सम्बन्धित सरकारी निकायहरुबाट आवश्यक सम्बोधन गर्न गराउन जोडदार माग गर्नुभयो ।
आयोजक संस्थाहरुको तर्फबाट उठाएका प्लाष्टिक प्रदूषण सम्बन्धि विषयबस्तुहरुमा खासगरी एकल प्रयोग प्लाष्टिक, घातक रसायनयूक्त प्लाष्टिकको जिवनचक्र र खासगरी आउँदै गरेको UN Plastic Pollution Treaty मा उच्च हिमाली प्लाष्टिक प्रदूषणबारे उचित समावेशीताको लागी पहल गर्नुपर्ने आवश्यकता औंलाउनुभएको थियो ।
कार्यक्रममा आयोजक संस्थाहरु जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड)ले Doko Recyclers एवं Blue Waste to Value (BW2V)संस्थाहरुसंंगको सहकार्यमा “ आउँदै गरेको UN Plastic Pollution Treaty मा उच्च हिमाली प्लाष्टिक प्रदूषणबारे समावेशीता एवं घातक रसायनयूक्त प्लाष्टिकको जिवनचक्र सम्बन्धमा उठाएका मागहरुबारे कार्यशाला गोष्ठीका प्रमूख आतिथी वन तथा वातावरण मन्त्री राम सहाय यादवज्यूले विस्तृत रुपमा सम्बोधन गर्नुभएको थियो ।
वन तथा वातावरण मन्त्रालय र वातावरण विभागबाट र विभिन्न स्थानिय निकायहहरुबाट विभिन्न समयमा गरीएको प्लाष्टिक प्रदूषण रोकथाम, न्यूनिकरण एवं नियन्त्रणकारी निर्णयहरु विभिन्न कारणले सोचेजस्तो प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको तथ्य हामी माझ रहेको विद्यमान अवस्थामा वातावरण विभागबाट हालै यसको प्रभावकारीता बढाउन एक कार्ययोजना तयार पारी मन्त्री परिषद्मा सदरको लागि पठाएको कुरा सहर्ष जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा आयोजक संस्थाहरुबाट उठान गरीएको निकै महत्वपूर्ण प्लाष्टिक प्रदूषण सम्बन्धी मुद्दा र विषयबस्तुहरु निकै गम्भिर, विशेष र विस्तृत रहेको र यसको लागि कुनै एक पक्ष वा एक राष्ट्रको प्रयास प्रयाप्त नहुने भएकोले सबैको सहकार्य एवं सहयोगको आवश्यकता पर्ने कुरा माननीय मन्त्रीज्यूले राख्नुभयो ।
उदाहरणका लागि विभिन्न वैज्ञानिक अध्ययनहरुबाट विश्वको सर्बोच्च शिखर र हामी सबै नेपाली र नेपाललाई विश्व सामु चिनाउने सगरमाथा हिमालको ८४४० मिटर सम्मका अग्ला ठाउँहरुबाट संक्लन गरीएको हिउँ र पानीको नमूनाहरुमा माईक्रो प्लाष्टिकका कणहरु पाईको तथ्यहरुले मन्त्रालय र मलाई स्वंम अति सम्बेदनशिल भएको छु । हामीलाई थाहा छ हिमालयबाट फोहर संकलन, ओसार पसार र सबैभन्दा महत्वपूर्ण यसको वातावरणमैत्री तरीकाबाट व्यवस्थापन एवं विसर्जन गर्ने सानो वा चानचुने चुनौती होईन तर हामी हाम्रो समस्या प्रति चनाखो नभई बस्न पनि सकिन्न र हुन्न पनि । तसर्थ यसै गोष्ठिी मार्फात वन तथा वातावरण मन्त्रालयले र म मन्त्री स्वंमले आउदै गरेको UN Plastic Pollution Treaty मा उच्च हिमाली प्लाष्टिक प्रदूषणबारे आवस्यक अध्ययन र क्षलफल गरी उचित समावेशीता र उपयूक्त समाधानका उपायहरु पहिल्याउन र आवस्यक श्रोत साधनहरुको व्यवस्थापन गर्ने गराउने तर्फ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने प्रतिबद्धता समेत माननीय मन्त्रीज्यूले जाहेर गर्नुभयो ।
सगरमाथाको १९ वटा हिउँ र पानीको नमूनाहरुमा माईक्रो प्लाष्टिकका प्रदूषणहरु पाउनु र यसको मूख्य श्रोत भनेको पर्वतारोहीहरुले प्रयोग गर्ने प्लाष्टिकका सामग्रीहरुनै विशेषरुपमा रहेको संगै छिमेकी मुलुकहरुबाट हावाले यडाएर ल्याएका प्लाष्टिक कणहरुले श्रृजीत यो सम्स्या भनेको नेपालले पहिलादेखी भोगी आएको जलवायू परीवर्तन जस्तै हाम्रो आफ्नै कारणले भन्दा पनि बाहिरी कारणबाट श्रृजीत समस्याको समाधानको लागि यो हिमाली प्लाष्टिक प्रदूषणको विषय बस्तुहरुलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने देखीएकोले मन्त्रालयले यसको बारे प्राथ्मिक्ताका साथ अध्ययन गरी आउदै गरेको UN Plastic Pollution Treaty मा उच्च हिमाली प्लाष्टिक प्रदूषणबारे उचित समावेशीताका लागी पक्कै पहल गर्नेछ भनी विस्वास व्यक्त गर्नूभयो ।
आज उठान भएको दोश्रो घातक प्लाष्टिक प्रदूषणको कुराले हामीहरु सबैलाई यसको बारेमा अझ थप सुसुचित हुने मौकाको रुपमा मन्त्रीज्यूले पाएको अनुभव सुनाउनु भयो । हालै नेपाल लगायत विश्वका २३ देशहरुबाट संकलन गरीएको रिसाईकल प्लाष्टिक पिलेट्सका नमूनाहरुमा विभिन्न अति विषाक्त रसायनहरु जस्तै ँFlame Retardants , Bisphenol A and UV Light Stabilizers अत्यधिक मात्रामा पाईएका प्रतिवेदनमा नेपालका नमूनाहरु पनि समावेश गराउन सफल भएका आजको आयोजक संस्था सिफेड लाई पुनः धन्यवाद दिनुभयो । यस्ता घातक रसायनहरुयूक्त प्लाष्टिकहरुको रिसाईक्लिड्ड एवं प्रयोगबाट यसको जिवनचक्रभरी हुन सक्ने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक प्रभावबाट पनि जोगीनु नितान्त आवश्यक रहेको कुरा बताउदै यसको लागि पनि सम्बन्धित सरकारी निकाय र खासगरी हाम्रो वन तथा वतावरण मन्त्रालयले प्लाष्टिक संग सम्बन्धित सबै आयात, उतपादन, विक्रिवितरण, प्रयोगकर्ता एवं फोहर संलन, ओसार पसार र रिसाईक्लिड्ड आदिमा संलग्न व्यक्ति, संघसंसथाहरु, निजी निकायहरु सबै मिली प्लािष्टकको सम्पूर्ण जिवनचक्रलाई सफा पार्नुपर्ने आवस्यक्ता औल्याउनुभयो । यसमा प्लाष्टिक आयातकार्ता , उत्पादनकर्ता र रिसाईक्लिड्ड कर्ता व्यक्ति, व्यवसायी एवं उधोगीहरुको भुमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले सबैलाई यस प्रति गम्भिर हुनु जरुरी रहेकोले प्लाष्टिकका बस्तुहरु वा कच्चा पदार्थहरु आयत देखी उत्पादन र प्रयोगसम्मको जिवनचक्र सफा पार्न चालिएका कदमहरुमा सरकारले आवस्यक सहयोग गर्न पनी तयार रहेको प्रतिवद्धता जाहेर गर्नुभयो ।
आज उठान गरीएका अर्का र तेश्रो महत्वपूर्ण प्लाष्टिक प्रदूषणहरु सम्बन्धी आम सरोकारका विषयबस्तुदेखी लिएर प्लाष्टिकको एकल प्रयोग (Single Use Plastic-SUP) विश्वका धेरै मूलूकहरुमा विभिन्न प्रकृया अपनाएर नियन्त्रण गर्ने प्रयासहरुमा हाम्रा छिमेकी राष्ट्रहरुमा पनि यसबारे कानूनी बन्देजहरु र राम्रा व्यवस्थापनका उपायहरु अवलम्बन गरेको पाईकोमा नेपालमै पनि हाम्रा वन तथा वातावरण मन्त्रालय र वातावरण विभागबाट पनि ४० माईक्रोन भन्दा पात्लो प्लाष्टिक झोलाको उत्पादन, विक्रिवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको देखी सगरमाथाका खुम्बुक्षेत्रमा प्लाष्टिकको एकल प्रयोग (Single Use Plastic-SUP) लाई समेत बन्देज लगाएका राम्रा र वातावरण एवं स्वास्थ्यमैत्री उपाहरुलाई मन्त्रालयले अझ ब्यापक गरी देशैभरी लागुगर्ने देखी लिएर भए गरेको सरकारी निर्णयहरुको प्रभाकारी कार्यान्वयनमा म र मेरा मन्त्रालय र विभागहरु अझै सकृय रुपामा लग्ने छ भने विस्वास विस्वास पनि माननी मन्त्री राम सहाय यादवले व्यक्त गर्नूभयो ।
अन्तमा साे गोष्ठिबाट प्लाष्टिक प्रदूषणका नयाँ र थप आयामहरुको बारे जनचेतना जगाउने तर्फ यो गोष्ठि निकै नै सफल हुने मा विस्वास ब्यक्त गर्दै फेरी पनि आउदो फेब्रुअरी 22 काे संयूक्त राष्ट्र संघीय प्लाष्टिक प्रदूषण महासन्धि (United Nations Plastic Pollution Treaty) को अवधारणा अगाडी बढाईरहेको परीपेक्षमा विश्वको सर्वोच्च शिखर सगरमाथाकोे प्लाष्टिक प्रदूषणहरु सम्बन्धी विषयबस्तुहरु महासन्धिमा जोडदार एवं उचितरुपमा समावेश र सम्बोधन गराउने प्रयास गर्ने प्रतिबद्धता पुनः दोहरयाउनुभयो ।
साथै हालै नेपालमा रिसाईकल प्लाष्टिकबाट हुन सक्ने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक प्रभावबाट हरसम्भव आम उपभोक्ताहरुलाई जोगाउने सबैको साझा प्रयासको अपेक्षा राख्दै आजको यो एक दिने जनचेतना गोष्ठिका आयोज जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (CEPHED_, Doko Recyclers Pj+ Blue Waste to Value (BW2V सस्थाहरुलाई एवं सहभागी विभिन्न संघ संस्था, सरकारी, निजी, विकास निकाय आयोग, पत्रकारहरु सबैमा धन्यबाद ज्ञापन गर्दै गोष्ठिमा बाट आएका सुझावसहितको कार्यक्रम सम्पन्ताको प्रतिवेदन मन्त्रालय र विभागमा प्राप्तभए पछि त्यसको कार्यान्वयनमा समेत पहल गर्ने विस्वास दिलाउदै माननीय मन्त्रीज्यूबाट निकै सान्दर्भिक बोधगाम्य सम्बोधन भएकोमा आयोजक संंस्थाहरु सहित सबै सहभागीहरु निकै उत्साहित भएको महशुस गरीएको थियो ।
कार्यक्रममा प्लाष्टिक प्रदूषणका विभिन्न चारवटा कार्यपत्रहरु Issue of Plastic Pollution (General, Single use, recycle and high mountain) and its Impacts in Nepal बारे राम चरीत्र साह, Status of Mountain Plastic Pollution and Cleaning Initiatives बारे नविन विकास महर्जन, Role, Responsibility and Initiatives of Government about PLASTIC POLLUTION MANAGEMENT in Nepal बारे केशबराज जोशी र Status and Problems of Plastic Recycling in Nepal बारे पंकज पञ्जियारबाट प्रस्तूत गरीएको थियो ।
कार्याशाला गोष्ठिको समापनमा नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठनका प्रविधि अन्वेषण शाखा प्रमूख बैज्ञानिक डा. रविन्द्र ढकाल, ललितपुर महानगरपालिकाका बाताबरण ईन्जिनियर प्रदिप अमात्य र वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्यालज्यूबाट प्लाष्टिक प्रदूषणहरुबारे उठान गरिएका विषयबस्तुहरुमाथी आवस्यक एवं न्यायोचित र बैज्ञानिक तरीकाहरुबाट सम्बोधन गर्दैजाने प्रतिबद्धता राख्दै कार्यक्रम समापन गरिएको थियो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij