भक्तपुरः प्रेस चौतारी नेपाल भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत चयन भएका छन् । प्रेस चाैतारी नेपाल भक्तपुर शाखाकाे चौथो अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरी कार्यसमितिको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ र मीना घोरासाइने, सचिवमा आशिष पौडेल, सह–सचिवमा राजकुमार लामिछाने र विपना मुस्याख्व तथा कोषाध्यक्षमा नारायण थापा चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा सिर्जना खतिवडा, सविना के.सी., देवेन्द्र प्रजापति र प्रतिकराज कार्की चयन भएका छन् । बाँकी दुई जना सदस्य पछि थपिने छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij