पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबारको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले दिनुभएको जानकारी अनुसार काठमाडौंमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा देशभर ११६७ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा २२४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २ जनाका मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij