काठमाडौं । मदिरा व्यवसायी संघ ललितपुरको वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार आयोजना गरिएको उक्त वनभोज कार्यक्रम गोदावरीमा सम्पन्न भएको हो ।
वनभोजमा ललितपुर मदिरा व्यवसायी संघका सदस्यहरु सहित नेपाल मदिरा व्यवसायी महासंघका प्रतिनिधिहरु, सल्लाहकार, शुभचिन्तक, विभिन्न कम्पनीका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको मदिरा व्यवसायी संघ ललितपुरका सल्लाहकार मुकुन्द महर्जनले सेतोघर डट कमलाई जानकारी गराएका छन् ।
वनभोज विभिन्न प्रतियोगिताहरु सहित हर्षोल्लासको साथ सम्पन्न भएको समेत महर्जनले बताए ।
वनभोजले व्यवसायीहरुलाई आपसमा एकताबद्ध गराई सामुहिक भाव एवं आत्मीय सम्बन्ध स्थापनामा सहयोग गर्ने मान्यता सहित मदिरा व्यवसायी संघ ललितपुरले हरेक बर्ष बनभोज कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij