२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा श्रेष्ठ निर्बिरोध निर्वाचित

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा श्रेष्ठ निर्बिरोध निर्वाचित

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

महासंघको शनिबार हुनगइरहेको वार्षिक साधारण सभाको निर्वाचनका लागि हिजो मंगलबार अध्यक्ष पदमा इच्छुकलाई उम्मेदवारी दिन संघले दुई बजेसम्मको समयअवधी दिएको थियो । सो समयभित्र श्रेष्ठबाहेक अरुको उम्मेदवारी नपरेको हुँदा श्रेष्ठ निर्बिरोध निर्बाचित भएका हुन् ।

महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएपछि उक्त पद खाली रहेको थियो । श्रेष्ठ रत्न म्यारीगोल्ड ज्वेलर्सका संचालक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij