काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति तय गर्ने भएको छ। निर्यात वृद्धि गर्नका अपनाउन सकिने उपायबारे लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग सुझाव संकलन गर्ने भएको छ ।
सुझाव पठाउन मन्त्रालयले विभिन्न संघसंस्था तथा व्यक्तिलाई आग्रह गरेको छ।
सुझाव पठाउँदा निर्यातका सम्भावना भएका के कस्ता वस्तु तथा सेवाहरु समेट्नु पर्छ, त्यस्ता वस्तु वा सेवाको निर्यात प्रवर्द्धन गर्न लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा ठोस सुझाव उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ।
आयात बर्सेनि बढेको अनुपातमा निर्यात बढेको छैन। आयात वृद्धिले देशको विदेशी मुद्रा सञ्चितिमा प्रभाव पारेको छ। मन्त्रालयले उदीयमान मुद्दा, संघीयता समावेशीकरण र गरिबका लागि बजार व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण लगायत विषयमा सुझाव माग गरेको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij