२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कांग्रेस महाधिवेशनस्थलको सुरक्षाका लागि एसएसपीको कमाण्डमा ११ सय प्रहरी परिचालन

कांग्रेस महाधिवेशनस्थलको सुरक्षाका लागि एसएसपीको कमाण्डमा ११ सय प्रहरी परिचालन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सुरक्षाका लागि महाधिवेशनस्थलमा १ हजार १ सय २४ जना प्रहरी परिचालन भएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालको प्रत्यक्ष निर्देशनमा काठमाडौंको प्रहरी प्रमुख एसएसपी अशोक सिंह, एसपी दिनेश मैनालीसहितका प्रहरी अधिकारीहरू फिल्ड कमाण्डमा खटिएका छन् ।

काठमाडौं प्रहरीबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समेत संयुक्त सुरक्षा कमाण्ड पोस्ट बनाएका छन् ।

संयुक्त पोस्ट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका उप–अनुसन्धान निर्देशक भुवन पाठकसहितको टोली फिल्डमा खटिएको छ ।

त्यसै गरी, ट्राफिक प्रहरीले महाधिवेशनस्थल प्रदर्शनीमार्गमा सवारी निषेधित क्षेत्र घोषणा गरेको छ । पद्‌मोदय मोडबाट प्रदशनीमार्ग जाने सवारीलाई निषेध गरिएको हो । त्यस्तै, राष्ट्रियसभागृह क्षेत्रबाट प्रदर्शनीमार्ग आउने सवारीलाई समेत निषेध गरिएको छ ।

महाधिवेशनमा आउने प्रतिनिधिहरूका लागि ट्राफिक प्रहरीले पुरानो बसपार्कलाई पार्किङ क्षेत्र तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij