चितवन : माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी संघले माछा उत्पादनमा चितवन जिल्ला आत्मनिर्भर भएको घोषणा गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर संघले यस्तो जनाएको हो ।
संघका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा ४ हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवन जिल्लामा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ ।
‘ हामीले उत्पादन गरेको माछा जे जति खपत भएको छ यहाँको माग पनि लगभग त्यहीँ हाराहारी जस्तै देखिन्छ । भारतीय माछा वर्षमा ३/४ सय टनको हाराहारीमा चितवन जिल्लामा आउँछ । जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गर्दछौं ’ सुवेदीले भने ।
चितवन जिल्लामा वि.सं. २०३८ सालमा माडी र पश्चिम चितवनको पार्वतीपुर नजिक शंकर चोकमा माछा पालन व्यवसाय शुरु भएको थियो । वि.सं. २०६७ सालदेखि तीब्र व्यवसायिककरण भएको बताइन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij