
चितवन : हास्य कलाकार तथा गायक कुमार कट्टेल ` जिग्री ´ र चर्चित गायिका अस्मिता अधिकारीकाे स्वरमा रहेको गीत ‘ मायाले जीवन सजाऊ ’ गीत मंसिर १४ गते सार्वजनिक हुँदै छ ।
अर्जुन पोख्रेलको शब्द तथा लय रहेको उक्त गीतको भिडियोमा सीताराम कट्टेल धुर्मुस ´ र कुञ्जना घिमिरे सुन्तली ´ काे अभिनय छ । भिडियोकाे निर्देशक तथा कोरियोग्राफा रामजी लामिछाने रहेको छ ।
भिडियोको सम्पादन बन्दे प्रासादले गरेका छन भने कलरिस्ट राजेन्द्र मोक्तानकाे रहेको छ । असिस्टेन्ट कोरियोग्राफमा निर्मल खत्री र दिप सि.के. रहेका छन् ।
मेकप अनिता ग्वाछाकाे रहेको छ भने सिनेमेट्रोग्राफ मदनकृष्ण महर्जनको रहेको छ ।
आर्ट निर्देशनमा मनिष पाख्रिन रहेका छन । प्रोडुसन् डिजाइनमा सुदीप ढकाल रहेका छन भने पोस्टर डिजाइन विजय बस्यालले गरेका छन् ।
भिडियो मंसिर १४ गते ` धुर्मुस सुन्तली ´ युट्युब च्यानलबाट सार्वजनिक हुँदै छ ।मिडिया पार्टनरको रूपमा ` भिजन न्यूज नेपाल ´ रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij