२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाली काङ्ग्रेस धादिङ जिल्ला कार्यसमिति सदस्यमा युवा नेता चन्द्र थापाकाे उम्मेदवारी रहने

नेपाली काङ्ग्रेस धादिङ जिल्ला कार्यसमिति सदस्यमा युवा नेता चन्द्र थापाकाे उम्मेदवारी रहने

चन्द्र बहादुर थापा

नेपाल कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशन यही मंसिर १० गते सम्पन्न  हुन गईरहेको छ । जिल्ला सभापतिमा नेताहरू रामनाथ अधिकारी र भिम प्रसाद ढुंगानाले आ-आफ्नाे उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यही चुनावी माहाेलमा धादि|ङका जनताहरुका दुखसुखका साथी र अत्यन्तै लाेकप्रिय व्यक्ति रामनाथ अधिकारीकाे प्यानलबाट युवा नेता चन्द्र बहादुर थापाले जिल्ला कार्यसमितिमा खसआर्य तर्फबाट आफ्नाे उम्मेदवारी रहने घोषणा गरेका छन् ।

यसभन्दा अगाडि थापाकाे उम्मेद्वारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भनिएतापनि अग्रजकाे सम्मान गर्दै थापाले उम्मेदवारी फिर्ता लिएका थिए । जिल्लाका शिर्ष नेताहरुकाे सल्लाहसुझाव अनुरुप आफूले जिल्ला कार्यसमितिकाे सदस्यमा उम्मेदवारी दिन गइरहेकाे थापा बताउँछन् ।

थापा विध्यार्थी काल अर्थात् ०४६ /०४७ साल देखि नेपाली कांग्रेसको राजनीतिमा लाग्दै आएका सक्रिय युवा कार्यकर्ता हुन् ।

हाल उनी विभिन्न व्यावसायिक क्षेत्रहरुको नेतृत्वमा रहेर समेत काम गरिरहेका स‌ंघसंगठनहरुका अनुभवी व्यक्ति हुन् ।

दाेस्राे जनआन्दोलन ०६२/०६३ का घाइते समेत रहेका थापा हाल नेपाली काङ्ग्रेस अन्तरगत धादिङ-काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष समेत हुन् ।

पूर्वीय संस्कार बमाेजिम शुभ कार्यमा निस्कने बेला आफ्ना बुबाकाे हातबाट टिका ग्रहण गर्दै थापा

समन्वयात्मक भुमिकामा माहिर थापा जिल्लामा सबै राजनीतिक दल अनि जिल्लाबासी बीच परिचित व्यक्ति हुन् ।  पार्टीको १४औ‌ं महाधिवेशन नेतृत्व चयन मात्रै नभई समृद्ध राष्ट्र निर्माणकाे दिशामा महत्त्वपूर्ण दस्तावेज बन्नुपर्नेमा उनले जाेड दिँदै आएका छन् ।

राजनीति विशुद्ध सामाजिक भावनाबाट निर्देशित हुनुपर्नेमा जाेड दिँदै थापा व्यक्तिको आर्थिक पक्षलाइ बलियाे बनाउनकाे लागि राजनीतिमा आउन चाहने व्यक्ति अब कुनै न कुनै उद्याेग वा व्यवसा अर्थात राेजगारमूलक काममा जाेडिनुपर्ने कुरामा जाेड दिन्छन् ।

केन्द्रीय नेतृत्वसँग समेत निरन्तर सम्पर्कमा रहिरहने थापा प्रायः सबैजसाे केन्द्रीय स्तरका नेतृत्व संग परिचित व्यक्तित्व हुन् ।

आफ्नाे उम्मेदवारीकाे औचित्यता पुष्टि गर्दै थापा भन्छन्, असल राजनीतिक संस्कारको जगमा रहेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरी नेपाली कांग्रेसलाई जिल्लामा अझै बलियो बनाउनुमा नै मेरो उम्मेदवारीकाे सार्थकता हुनेछ ।

आगामी दिनमा आफू सदैव  युवा वर्ग, विद्यार्थी, उद्याेगी, व्यवसायी, कृषक लगायत सबै वर्ग र समुदायकाे बीचमा सबैकाे भलाे हुने किसिमले राजनीति र सामाजिक गतिविधिहरु मार्फत अझ सक्रिय रुपमा अघी बढ्ने समेत थापा बताउँछन् ।

उनले जिल्ला भित्रका सबै स्थानीय तहका सभापति एवं प्रतिनिधिहरुलाइ आफूलाइ अत्यधिक मत प्रदान गरेर निर्वाचनमा जिताउनकाे लागि समेत उनले अनुराेध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij