
नेकपा (एमाले)ले यस पटकको महाधिवेसनमा ५ लाख व्यक्तिहरु महाधिवेसनस्थलमा उतार्दैछ । जसबाट नेकपा (एमाले) कमजोर नभएको पुष्टि गर्नुको अलावा अन्तर्राष्ट्रिय समुदायमा समेत नेकपा (एमाले) पुनः सशक्त दलको रुपमा आगामी निर्वाचन परिणामबाट उदाउने सन्देश प्रवाह हुने नेकपा (एमाले) बाग्मती प्रदेश इन्चार्ज तथा महाधिवेशन जनपरिचालन कमिटी संयोजक श्याम बस्नेत बताउँछन् । चितवन सानो क्षेत्र भएकोले थप मानिसहरुको व्यवस्थापन कठिनाई हुने विषयलाई लक्षित गरेर केवल ५ लााख व्यक्तिहरु मात्र चितवनमा उपस्थितिको प्रबन्ध मिलाइएको समेत उनले बताए ।
नेता बस्नेतले नेपालको समृद्धि यात्रालाई थप उचाईमा उठाउनको नेकपा (एमाले)को विकल्प नभएको समेत प्रष्ट पारेका छन् । उनले मुलुक विकासको ठूलो अवरोधक तत्वको रुपमा भ्रष्टाचार रहेको आफ्नो निष्कर्ष रहेको कुरा समेत प्रष्ट पारेका छन् ।
मंगलबार सञ्चारकर्मीहरुसँगको भेटघाटको क्रममा बस्नेतले राजनीतिक दलहरुमा भित्रै देखि शुद्धिकरण नभएसम्म समृद्धिका वहस र सपनाले सार्थकता पाउन नसक्ने प्रष्ट पारेका हुन् ।
नेपालमा राजनीतिक अभ्यास अझै बलियो बन्न नसकेको कुरामा समेत उनले जोड दिएका छन् । ‘समृद्ध नेपालः सुखी नेपाली’ नारा सहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकमा सुशासन, समृद्धि र दिगो स्थायित्व कायम गर्ने दिशामा बहुमत सहित क्रियाशिल भइरहेको बेला नेपालको समृद्धि सपना साकार भएको हेर्न नचाहने केही पश्चिमी देशहरुको आडमा सत्तासाझेदार कमजोर तत्वहरुको पहिचान गरी समृद्धि यात्रालाई अवरोध पार्ने प्रयाश भएको समेत स्पष्ट पारेका छन् । यद्यपि नेकपा (एमाले)बाट केही व्यक्तिहरु बाहिरिनुलाई पार्टीमा साधारण चोट लागेको संज्ञा दिँदै उनले अहिले पार्टीको साधारण चोट पनि सुपरग्लु लगाएर टाँसी साधारण अवस्थामा नै आइसकेको बताएका छन् ।
महाधिवेशन जनपरिचालन कमिटीका संयोजक समेत रहेका बस्नेतले यसपटक मंसिर १० देखि १२ सम्म चितवनमा सम्पन्न हुने महाधिवेसन सभ्य र भव्य रुपमा सम्पन्न हुने समेत बताएका छन् । यसको लागि व्यापक मात्रामा स्वयमसेवकहरुको परिचालन गरिएको उनले बताए । जसबाट महाधिवेसन सुव्यवस्थित रुपमा सम्पन्न हुन सकोस् । साथै महाधिवेसन समापन पश्चात् उक्त क्षेत्रको राम्रोसँग फोहोरमैला व्यवस्थापन गरी वातावरण संरक्षण सम्बन्धमा उत्कृष्ट सन्देश प्रवाह गरिने समेत उनले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij