नेपलिज एसोसिएसन् इन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेपालिज इन मिडवेष्ट अमेरिका (आन्मा) को १६ औं संयुक्त सम्मेलन फ्लोरिडाको ओरलान्डोमा भव्यताको साथ सम्पन्न भएको छ । विविध कार्यक्र सहित सम्पन्न एक दिने सम्मेलनमा आगामी कार्यकालका लागि नयाँ कार्यकारी समितिको समेत चयन भएको छ । नया समितिको अध्यक्षमा वर्तमान महासचिव कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, उक्त कार्यकारी समितको महासचिवमा पत्रकार रमेश (सङ्गम) बाँनिया लगायत कार्य समितिका २१ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । एक दिने कार्यक्रममा सम्मेलनको प्रमुख नारा ‘फेसिंग द फ्युचर टुगेदर’ बिषयमा नेपाल फोरम (मचं)मा छलफल भएको थियो । सो छलफलमा विभिन्न राज्यका नेपाली संस्थाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरुले आफ्ना विचार राखेका थिए । कार्यक्रम नासाका पूर्व अध्यक्ष बिमल नेपालले कार्यक्रम संचालन गरेका थिए ।
त्यसलगत्तै अन्तरराष्ट्रिय साहित्य समाजको आयोजनामा प्रतियोगितात्मक कविता प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगितामा रोशन तिमिल्सिना नेपाल प्रथम ,डा. अमर कार्की अमेरिका द्वितीय तथा डम्मर ओकिल नेपाल तथा चेत भट्टराई अमेरिका तृतीय भएका थिए । विजयीहरुलाई भर्जिनिया निवासी अनुभव एलएलसीले प्रथम पुरस्कार ३ सय डलर ,किया एकाउन्टीङ्गका संचालक केशव बरालले द्वितीयलाई २ सय डलरको पुरस्कार तथा ऋण अधिकारी अर्जुन सिग्देलले १ सय डलरको तृतीय पुरस्कारको प्रायोजन गरेका थिए ।
सो एकदिने सम्मेलनको प्रमुख अतिथि कार्यबाहक राजदुत कुमार राज खरेलले पानसमा बत्ति बालि उदघाटन गरेका थिए । नासाका अध्यक्ष बिनय अर्यालको सभापतित्वमा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि खरेलले दुताबास नेपाली समुदायलाई आवश्यक पर्ने सबै सहयोगहरु सुलभ र सजिलो तरिकाले संचालन गरिने जानकारी गराए ।
त्यसैका लागि दुताबासले बिभिन्न राज्यहरुमा गै घुम्ती सेवा संचालन गरेको र भबिश्यमा पनि यस्ता कार्यक्रम गरिने बताए । सम्मेलनका संयोजक कृष्ण श्रेष्ठलेस्वागत मन्तब्य दिदै सबैलाई फ्लोरिडामा स्वागत गरेका थिए ।
उद्घाटन सत्रमा अतिथिको रुपमा अनेसास बिओटीका उपाध्यक्ष पदम बिश्वकर्मा,आन्माका पूर्व अध्यक्ष तथा एनआरएनएका उपाध्यक्ष गोपेंद्र भट्टराई ,ब्लड डोनर्स अफ अमेरिकाका पूर्व अध्यक्ष डा नन्द रेग्मी ,नासा पूर्व अध्यक्षहरु राजा घले ,बिमल नेपाल ,डा राम चन्द्र बराल ,साहित्यकार सीता पाण्डे,एएनएसकि पूर्व अध्यक्ष बिष्णु कुमारी थापा,प्रा उत्तम गौली लगायतले शुभकामना मन्तब्य दिएका थिए । सोही समारोहमा बिगत कोरोना महामारीमा विशिष्ट सहयोग गर्ने १२ जनालाई सम्मान गरिएको जनाउदै आफ्नो दुइ बर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई अध्यक्ष बिनय अर्यालले धन्यबाद दिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij