
गुल्मी । नेपालमा शिक्षा क्षेत्र राजनीतिबाट बढी नै प्रभावित हुने कुरा राजनीतिक दलहरुका चुनावी गतिविधि नजिकिँदै जाँदा पुष्टि हुन थालेका छन् ।
गुल्मीको एउटा प्राथमिक तहको विद्यालयमा क्रियाशिल पाँचै जना नेपाली काङ्ग्रेसमा आस्थावान् शिक्षकहरु विद्यालय समयमा राजनीतिक क्रियाकलापमा संलग्न हुँदा पठनपाठन गतिविधि अस्तव्यस्त हुन पुगेको छ ।

गुल्मीको मदाने गाउँपालिका स्थित वडा नम्बर ७ (टिमुरखर्क)मा अवस्थित टिमुरखर्क आधारभूत विद्यालयमा क्रियाशिल ५ जना शिक्षकहरु मध्ये ५ जना नै राजनीतिक गतिविधिमा सक्रिय हुँदा विद्यालय नै बन्द हुन पुगेको छ ।
राजनीतिक आडभरोसामा जागिरको पहुँचमा पुग्ने परिस्थिति विकास हुँदै जाँदा यसले नेपालको शिक्षा क्षेत्र नराम्ररी प्रभावित हुने स्थितिलाई यस घटनाले पुष्टि गर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij