
कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरज शाहीलाई दिइएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की जानुअघि शाहीलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
आइतबार आईजीपी थापासँगै एआईजी प्रधुम्न कार्की र एसपी सविन प्रधान टर्कीको इस्तानवुल प्रस्थान गरेका छन् ।
यसअघि कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी ‘कनिष्ठ’ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई दिने तयारी गरिएको थियो । तर, वरिष्ठ एआईजीहरु हुँदाहुँदै कनिष्ठलाई जिम्मेवारी दिन खोजेपछि विवाद भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij