काठमाडौँ । नेपाली काँग्रेसकालागि मात्र नभएर सिंगो देशकालागि शेर बहादुर देउवा नाउँ दुर्भाग्य बनेका छन् । आफ्नो स्वार्थकालागि पार्टी फोड्ने देखि प्रजातन्त्रलाई राजा ज्ञानेन्द्रको पाँउमा चढाउँने सम्मको अपराध पनि यिनै देउवाले गरेका हुन । पद र स्वार्थकालागि देउवाले सांसद, खरिद बिक्रिको परिपाटि मात्रै स्थापित गराएनन्, बैंककका बेश्यालयमा सांसद पुरयाएर देशकै बेइज्जती गरेका थिए । प्रधानमंत्री पदमा रहँदा अर्बौंको भ्रष्टाचारमा उनी मुछिए । अहिले तिनै देउवा देशको शान्ति सुरक्षा भताभुङ पारेर चुनाव जित्ने सपना देख्दैछन् ।
यसकालागि देउवाले सबै भन्दा पहिला नेपाल प्रहरीलाई तारो बनाएका छन् । आगामी फागुन २ गतेबाट प्रहरी महानिरिक्षकको पद खाली हुँदैछ । उक्त पदमा अहिले सम्म सिनियारिटिबाट बढुवा हुने परंपरा छ । त्यो परंपरालाई लत्याउदै देउवाले तेश्रो नम्बरका डिआईजी जय बहादुर चन्दलाई आईजीपी बनाउन जोड दिएका छन् ।
बरियता क्रममा पहिला रहेका नबराज शिलवाललाई आईजी बनाउन छाडेर निर्बाचनकालागि चन्दलाई आईजी बनाउनु पर्ने बाध्यता देउवालाई काँहाबाट आयो ? कतै गौशालाबाट पक्राउ परेका ३३ किलो सुनमा देउवाको पनि हिस्सा छ कि ? सुन तस्करी काण्ड लहरो तान्दा पहरो गर्जने स्थितिमा पुगेकै बेला देउवाले चन्दलाई आईजी बनाउन दिएको दबाब र गृहमंत्री बिमलेन्द्र निधिले सिलवाललाई आईजी बनाउन दिएको आदेश गृह सचिव लोक दर्शन रेग्मीले लत्याउनुले देउवाको संलग्नता सुन काण्ड सम्म जोडिएको कुरा प्रहरीहरु बताउँछन् ।
नेपाल प्रहरीमा राजनितिक हदसम्म बढेकोले प्रहरी संगठन बदनाम त छदै थियो, त्यसमाथि देउवाको दबावले प्रहरी संगठन समाप्त हुने स्थितमा पुगेको छ । लोकतन्त्रलाई भागबन्डाको राजनिति बनाउँदा त्यस्ले देश समाज र जनतामा कस्तो असर पार्छ भन्नेकुरा नेताहरुले ख्याल नगरेकै कारण लोकतन्त्र कमजोर हुँदै देश अधिनायकबाद तिर उन्मुख हुने खतरा बढेको छ ।
अहिलेपनि संबिधान कार्यान्वयन जस्तो महत्वपुर्ण कुरालाई ध्यान दिन छाडेर एउटा आईजी बनाउन देउवाले गरेको षडयन्त्रलाई २०७४ माघ ७ पछिको घटनासंग जोडेर हेर्न थालिएको छ । राजनितिक बृतमा देउवा नेता भन्दा पनि बिदेशी एजेन्ट भन्ने उनको पहिचान छ । त्यसै भएर देउवालाई संविधान असफल पार्न बिदेशीले सजिलै प्रयोग गर्न सक्छन् । त्यसैको वातावरण बनाउन देउवाले नेपाल प्रहरीको संगठन समाप्त पार्ने काम गरेका छन् ।
देउवाको यस्तै दोहोरो चरित्रका कारण पार्टी भित्रपनि ब्यापक असंतुष्टि छाएको छ । देउवाले चन्दलाई आइजी बनाउन प्रस्ताब गृह सचिव रेग्मीलाई भनेकोमा निधिले त्यसलाई ठाढै अस्वीकार गरेका थिए । । बिमलेन्द्र निधिले कानुन सम्मत हुने बरियताका नबराज सिलवाललाई आइजी बनाउने आश्वासन दिई सकेका छन् । हालमा देउवाले एकाएक कुरा उल्टयाए पछि पार्टीमा निकट मानिने निधि र देउवा बीच दुरी बढेर गृहमंत्री निधिले राजिनामा दिने समेत धम्की दिएका छन् । तर पनि देउवा आफ्नो अडानबाट पछि हटेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij