२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेशनल माइक्रोफाइनान्सको ४५% लाभांश

नेशनल माइक्रोफाइनान्सको ४५% लाभांश

 

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (NMFBS) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४०% बोनस र ५% नगद लाभांश गरी कुल २१.०८५% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ मंसिर १ गते बुधवार साँझ ६ बजे सम्पन्न संचालक समितिको १२३औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.४१ करोड ९० लाख ५३ हजार ५ सय ५२.५० को ४०% अर्थात रु.१६ करोड ७६ लाख २१ हजार बराबरको बोनस शेयर तथा ५% अर्थात रु.२ करोड ९ लाख ५२ हजार ६ सय ७७.६३ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij