२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

किन बस्यो आकस्मिक रुपमा मन्त्रीपरिषद्को बैठक ?

किन बस्यो आकस्मिक रुपमा मन्त्रीपरिषद्को बैठक ?

काठमाडौं । आइजीपी नियुक्तिका कारण आज विहान स्थगित भएको मन्त्रीपरिषद्को बैठक अहिले ४:३० बजे बालुवाटारमा आकस्मिक रुपमा बस्दैछ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजवीनका लागि बेपत्ता आयोगको म्याद आज विहिबारदेखि सकिन लागेकोले त्यसको म्याद थप गर्न आकस्मिक रुपमा बैठक बोलाइएको हो । मन्त्रीपरिषद्मा हुने अरु निर्णयबारेमा खुलाइएको छैन ।

आजको बैठकमा चुनावको मिति, राज्य पुर्संरचना आयोगको प्रतिवेदन, सांगठनिक विषयलगायतका विषयमा छलफल हुने तय गरिएको थियो ।

मन्त्रीपरिषद् बैठककै लागि नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक स्थगित गरिएको छ । हेडक्वाटर बैठक बिहिबार दिउँसो तीन बजेको लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij