
आज नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले १३ सदस्यीय कर तथा राजश्व समिति गठन गरेको छ ।
होटल प्यासाफिक (कान्तिपथ)मा आयोजना गरिएको औपचारिक कार्यक्रम बीच समिति गठन गरिएको हो ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त समिति गठन गरिएको हो ।
समितिको संयोजनकारी (सभापति)को भूमिकामा नानिराज घिमिरे मनोनित हुनुभएको छ ।
यसैगरी समितिको उपसभापतिमा कार्यसमिति सदिश श्रेष्ठलाई चयन गरिएको छ ।
यसैगरी समितिका सदस्यहरूमा वसन्त श्रेष्ठ, विवेक तुलाचन, ज्ञानेन्द्र दाहाल, गणेश प्रसाद न्यौपाने, नरेन्द्र गुप्ता, प्रेमहरी मैनाली, राजुलाल श्रेष्ठ, राजेश्वरलाल जोशी, रमन कायस्थ, सरोज कुमार श्रेष्ठ, सरोज थापा र सृजना श्रेष्ठलाई समितिमा मनोनयन गरिएको छ ।
नवगठित उपसमितिलाई स्वागत गर्दै आजै मनोनयन पत्र समेत वितरण गरिएको छ ।
आजै नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको कर तथा राजश्व समितिबीच परिचयात्मक एवं कर तथा राजश्व सम्बन्धी छलफल समेत सम्पन्न गरिएको छ ।