२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आइजीपीको छिनोफानो अब फागुन २ मा

आइजीपीको छिनोफानो अब फागुन २ मा

काठमाडौं । नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधीबीच बिवाद हुँदा आजको मन्त्रिपरिषद बैठक स्थगित हुन पुगेको छ ।आइजीपीको नियुक्ती बिबादका कारण आज बस्ने मन्त्रिपरिषद बैठक फागुन २ सम्मका लागी स्थगित भएको हो ।प्रधानमन्त्रीले मुख्यसचिवमार्फत स्थगित भएको मन्त्रीहरुलाई जनकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालको राजधानी बाहिर कायक्रमको कार्यतालिका भएकाले फागुन २ मात्रै मन्त्रिपरिषद बैठक बस्ने निर्णय गर्ने भएको छ । फागुन ३ गतेबाट अवकास पाउन लागेका आइजीपी उपेन्द्रकान्त अर्यालको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेमा गृहमन्त्री निधी र प्रधानमन्त्री पुष्पकमल दाहाल एकमत भएपनि सत्तासाझेदार दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले भनेको मानिसलाई आइजीपी बनाउनुपर्ने अडान नछाडेपछि क्याविनेट बैठक नै स्थगित गर्नुपरेको अबस्था आएको प्रधानमन्त्री कार्यलय श्रोतले जनाएको छ ।

प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधी बरियताक्रममा एक नम्बरमा रहेका नवराज सिलवाललाई आइजीपी बनाउने पक्षमा छन तर कांग्रेस सभापति देउवाले बरियता क्रममा तीन नम्बरमा रहेका जयबहादुर चन्दलाई आइजीपी बनाउनुपर्ने अडानमा छन् ।

अहिले नेपाल प्रहरीमा नायब महानिरीक्षक डीआईजी बाटै आईजीपी बनाउनुपर्ने बाध्यता छ । हालका आईजीपी उपेन्द्रकान्त अर्यालसँगै उनका ब्याची सबै अतिरिक्त महानिरीक्षक एआईजी ले अनिवार्य अवकाश पाउने भएकाले डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यता आएको हो ।

डीआईजीमध्ये वरिष्ठमा क्रमशः नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् । गृहमन्त्री निधि वरिष्ठताका आधारमा सिलवाललाई आईजीपी बनाउनुपर्ने पक्षमा उभिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका अन्य वरिष्ठ नेताहरू तेस्रो नम्बरका चन्दलाई आईजीपी बनाउन लागिपरेका छन् ।

स्रोतका अनुसार सभापति देउवाले गृहमन्त्री निधिलाई बोलाएर चन्दलाई आईजीपी बनाउन दबाब दिएका छन् । तर, गृहमन्त्री निधिले विगतमा सिनियर अधिकृतलाई आईजीपी नबनाउँदा प्रहरी संगठन नै बिग्रेको र राजनीतिक हस्तक्षेप भएको भन्दै आलोचना भएको भन्दै वरिष्ठतालाई मिच्न नसकिने जवाफ दिएका थिए ।

नेपाल प्रहरीका आईजीपी अर्याल तथा सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राईले ३ फागुनदेखि ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदै छन् । अर्याल र राई एउटै मितिमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । ३ फागुनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनले नयाँ नेतृत्व पाउँदै छ ।

सशस्त्र प्रहरीमा भने नेपाल प्रहरीको जस्तो डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यता छैन । सशस्त्रमा एआईजीहरू सिंहबहादु्र श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा आईजीपीका दाबेदार हुन् । वरिष्ठताका क्रममा श्रेष्ठ पहिलो, शाही दोस्रो र ओझा तेस्रो नम्बरमा छन् । डीएसपीदेखि डीआईजीसम्म एक नम्बरमा रहेको ओझा एआईजीमा बढुवा हुँदा मात्रै तेस्रो नम्बरमा पुगेका हुन् ।

नयाँ आईजीपी कसलाई बनाउने भन्ने विषयले अहिले राजनीतिक रूप लिनुको मुख्य कारण अब बन्ने आईजीपीकै कार्यकालमा संसदीय र स्थानीय निर्वाचन गर्नुपर्ने बाध्यताका कारण पनि हो । निर्वाचनमा प्रहरीले पार्न सक्ने प्रभावलाई राजनीतिक दल र तिनका नेताहरूले चासोपूर्वक लिएकाले पनि नयाँ आईजीपी नियुक्ति चर्को बहसको विषय बनेको हो ।

राम्राभन्दा हाम्रा मान्छे आईजीपी बनाउने होडबाजी र मनपरीका कारण पनि यो अवस्था आएको हो । मुलुकमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नका लागि दत्तचित्त छ कि छैन भन्दा मेरा लागि, हाम्रा लागि बफादार छ कि छैन भन्ने विषयलाई मापदण्ड बनाउने अवस्था आएकै कारण पनि अहिलेको विवाद झन् सतहमा आएको हो ।

एउटा सुरक्षा निकायको कुनै पनि पदमा पुग्न होस् वा सरुवाका लागि, सधैं चाकडी र चाप्लुसी गर्नेकै बोलवाला हुने गरेको देखिन्छ । नेताहरूले आफूअनुकूलको व्यक्तिलाई पदोन्नति दिने परिपाटी २०४९ देखि नै विकास गरेकाले पनि यस्तो गलत प्रक्रिया स्थापित भएको हो ।

२०५४ सालमा वामदेव गौतम गृहमन्त्री भएको बेला तत्कालीन प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएपछि आईजीपीले राजनीतिक नेतृत्वसँग डराएर काम गर्नुपर्ने अवस्था छ ।

प्रहरी ऐन
प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका सम्बन्धमा ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भनी उल्लेख छ ।

सो नियमावलीअनुसार सरकारले चाहे चारजनामध्येबाट जोकोहीलाई प्रहरी महानिरीक्षक बनाउन सक्नेछ । चारजनामध्ये सिलवाल सुरुदेखि नै एक नम्बरमा बढुवा हुँदै आएका छन् । प्रकाश अर्याल एसपीबाट दुई नम्बर, चन्द एसएसपीमा तीन तथा बमबहादुर भण्डारी चार नम्बरमा बढुवा हुँदै आएका थिए । उनीहरूबीच काम गर्ने शैली फरकफरक भए पनि आफूले काम गरेको स्थानमा स्थापित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij