२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मेला/महोत्सवमा काठमाडौं प्रशासनको रोक

मेला/महोत्सवमा काठमाडौं प्रशासनको रोक

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाउने निर्णय गरेकाे छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाउने निर्णय गरेकाे हाे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश अनुसार अब घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाइने उल्लेख छ ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को अपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै अर्काे आदेश नभएसम्मका लागि सो आदेश लागु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij